पर्सा , कार्तिक २३ –
बारामा पटाका पड्काउने क्रममा जलेर एक बालक घाइते भएका छन्।
घाइते हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–६, घुसुकपुरका १६ वर्षीय अफताब मिया देवान रहेका छन्। घर अगाडि पटाका पड्काउने क्रममा उनी घाइते भएका हुन्।
पटाकाको आगोले उनको तिघ्रालगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ।
उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
साभार:
घण्टाघर टिभी