Menu

आजको मौसम

रोजगारी ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ

Author
News Feed |
November 26, 2026
Featured

पर्सा , मङ्सिर १० –

पूर्वमुख्यसचिव एकनारायण अर्याल मलेसिया रोजगारी ठगि प्रकरणमा पक्राउ परेका छन्। उनलाई भारतको कोलकत्ताबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो।

गृह मन्त्रालय स्रोतका अनुसार अर्याललाई स्थलमार्ग हुँदै नेपाल ल्याएपछि हवाईमार्गबाट काठमाडौं पुर्‍याइएको थियो। विमानस्थलबाट उनलाई सीधै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लगिएको र म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ।

मलेसियामा कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोप उनीमाथि छ। यही प्रकरणमा यसअघि तत्कालीन मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्।

पक्राउ परेका सबैमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3