Menu

आजको मौसम

बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

Author
News Feed |
November 08, 2026
Featured

बारा , कार्तिक २२ –

बाराको कोल्हवी नगरपालिका–२ न्योपाने टोलस्थित तामागढी–कोल्हवी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शनिबार साँझ करिब ७ः३० बजे तामागढीबाट कोल्हवीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०३३ प ४८६४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा कोल्हवी नगरपालिका–२ निवासी २८ वर्षीय अमित मोक्तानको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले राति करिब ९ बजे मृत घोषणा गरेका थिए।

त्यस्तै, मोटरसाइकलमा सवार सोही स्थानका २४ वर्षीय मनिष तामाङ र २५ वर्षीय मनोज लामाको टाउकोमा चोट लागेको छ। उनीहरू दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3