Menu

आजको मौसम

सिंहदरबार र संसद् भवनकै पुनर्निर्माण सुस्त, रसुवाको कसरी होला ? विपिन आचार्य

Author
News Feed |
September 10, 2026
Featured

पर्सा , भदौ २५ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले रसुवा र नुवाकोटमा बाढीपछि हुने पुनर्निर्माण शीघ्र सम्पन्न हुनेमा शंका व्यक्त गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले सिंहदरबार, गृहमन्त्रालय र संसद् भवनको पुनर्निर्माणमा भइरहेको ढिलाइतर्फ संकेत गर्दै बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा कसरी विश्वास गर्ने भन्दै सरकारसँग प्रश्न गरेका हुन्।

उनले पुनर्निर्माणमा देखिएका नीतिगत तथा व्यवहारिक कमजोरी पहिचान गरी कामको गति बढाउन सरकारलाई आग्रह गरे। निजी क्षेत्रले भने भदौ २४ को घटनाबाट क्षतिग्रस्त व्यापारिक संरचना छिटो पुनर्निर्माण गरिरहेको भन्दै उनले त्यसबाट राज्यले पनि सिक्नुपर्ने बताए।

आचार्यले आफू सिंहदरबार प्रवेश गर्दा जलेका संरचना अझै उस्तै देखिने गरेको र नयाँ संसद् भवनमा बजेट अधिवेशन गर्ने भनिए पनि अझै अस्थायी भवनबाटै काम गर्नुपरेको उल्लेख गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3