Menu

आजको मौसम

शुल्क तिर्न नसक्दा उपचार रोकियो, अस्पतालबाहिरै जन्मियो शिशु

Author
News Feed |
September 10, 2026
Featured

राजविराज , भदौ २५ –

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मुख्य गेटबाहिर एक महिलाले शिशुलाई जन्म दिएकी छन्। अस्पतालमा उपचारका लागि पुगेकी राजविराज नगरपालिका–१४ निवासी करिब ३५ वर्षीया बबिता पासवानले अस्पतालबाट बाहिरिएपछि सडकमा छोरालाई जन्म दिएको परिवारले जनाएको छ।

परिवारका अनुसार सुत्केरी व्यथामा अस्पताल पुगेकी बबितालाई आवश्यक उपचार नगरी घर फर्काइएको थियो। परिवारले ३ हजार २ सय रुपैयाँको परीक्षण शुल्क तिर्न नसकेपछि उपचार प्रक्रिया अघि नबढाइएको आरोपसमेत लगाएको छ।

अस्पतालबाट बाहिरिएपछि मुख्य गेटनजिकै सडकमा सुत्केरी भएकी बबिता र नवजात शिशु दुवैको अवस्था हाल सामान्य रहेको परिवारले जनाएको छ। बबिताले यो आफ्नो तेस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएकी हुन्।

घटनाले सरकारी अस्पतालमा आकस्मिक अवस्थामा रहेका बिरामीको उपचार, आर्थिक अवस्थाका कारण सेवा प्रभावित हुने–नहुने तथा स्वास्थ्य सेवाको पहुँच र व्यवस्थापनबारे प्रश्न उठाएको छ। यद्यपि, उपचार रोकिएको र शुल्कसम्बन्धी परिवारको आरोपबारे अस्पताल प्रशासनको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3