पर्सा , असोज १४ –
असोज १७ गतेदेखि लगातार तीन दिन ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको सूचना निराधार रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले तत्काल ठूलो तथा लगातार वर्षा हुने कुनै पूर्वानुमान नरहेको भन्दै आधिकारिक मौसम सूचना र बुलेटिन हेर्न आग्रह गरेको छ। साथै, तथ्यहीन सूचना तथा अफवाह नफैलाउन अनुरोध गरेको छ।
हाल देशका अधिकांश स्थानमा मौसम खुलेको छ। बुधबार कोशी र बागमतीका हिमाली तथा पहाडी केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
साभार:
घण्टाघर टिभी