Menu

आजको मौसम

क्यासिनो प्रकरणपछि पोखरिया प्रहरीको नेतृत्व परिवर्तन

Author
News Feed |
September 10, 2026
Featured

वीरगंज भदौ २५ –

पर्साको चर्चित क्यासिनो प्रकरणमा नाम जोडिएपछि इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल निलम्बनमा परेका छन्। पौडेल निलम्बनमा परेसँगै कार्यालयको नेतृत्व परिवर्तन गरिएको छ।

पौडेलको स्थानमा प्रहरी निरीक्षक भानुभक्त अर्याल हाजिर भएका छन्। अर्याल इलाका प्रहरी कार्यालय गजुरीबाट काज सरुवामा पोखरिया आएका हुन्।

जिम्मेवारी सम्हालेपछि निरीक्षक अर्यालले शान्ति–सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण प्रभावकारी बनाउने र नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकता दिने बताएका छन्।

क्यासिनो प्रकरणको अनुसन्धान जारी रहेका बेला पोखरिया प्रहरीको नेतृत्व परिवर्तन भएको हो। जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3