पर्सा , असोज १० –
रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया पुलबाट शुक्रबार दिउँसो खोलामा हाम फालेका एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बाराको सिम्रौनगढ नगरपालिका–११ कटहरियाका २७ वर्षीय सचिन्द्र यादव रहेका छन् ।
उपचारका लागि दाइ सिकिन्द्र यादवले चलाएको मोटरसाइकलमा रौतहटतर्फ जाँदै गरेका बेला सचिन्द्र पुलमा पुगेपछि अचानक मोटरसाइकलबाट उत्रिएर खोलामा हाम फालेका थिए । त्यसयता उनी बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार उनको खोजी भइरहेको छ । इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसीको नेतृत्वमा १७ जना प्रहरी तथा सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर नेपालीको नेतृत्वमा गोताखोरसहित सात जनाको टोली खोजीमा खटिएको छ ।
सचिन्द्रको मानसिक अवस्था ठीक नभएको र पुलमा पुगेपछि अचानक खोलामा हाम फालेको उनका दाइ सिकिन्द्रले प्रहरीलाई जानकारी दिएका छन् ।