Menu

आजको मौसम

क्यासिनोबाट पक्राउ परेका गापाध्यक्ष यादव र इन्सपेक्टर पौडेलसहित आठजना थप चार दिन हिरासतमा

Author
News Feed |
September 11, 2026
Featured

वीरगंज । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय पर्साले थप चार दिनको म्याद दिएको छ।

वीरगंजको गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोबाट नियन्त्रणमा लिइएका उनीहरूमाथि यसअघि पहिलो चरणमा ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो।

उक्त म्याद सकिएपछि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रवार पुनः चार दिनको म्याद स्वीकृत गरेको हो।

पक्राउ परेकाहरूविरूद्ध मुलुकी अपराध संहिताअनुसार गैरकानुनी जुवा तथा सट्टेबाजीसम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धानलाई थप तीव्र बनाएको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3