Menu

आजको मौसम

नवआबद्ध पत्रकारहरूलाई क्रियाशील युवा पत्रकार मञ्चमा स्वागत

Author
News Feed |
September 27, 2026
Featured

वीरगंज, ११ असोज । क्रियाशील युवा पत्रकार मञ्च नेपालमा १० जना पत्रकार औपचारिक रूपमा आबद्ध भएका छन् । क्लासिक बैंकेटमा आइतवार आयोजित कार्यक्रममा नवआबद्ध पत्रकारहरूलाई संस्थामा औपचारिक रूपमा स्वागत गरिएको हो ।
संस्थामा आबद्ध हुने पत्रकारहरूमा अभिलाष गुप्ता, रश्मिराज भण्डारी, सन्तोष कुशवाहा, अर्जुन चौधरी, प्रतीक्षा श्रेष्ठ, पूजा महतो, जितेन्द्र साह, भगवानप्रसाद कुर्मी (कुणाल), पुनम चौधरीलगायत रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछानेले नवआबद्ध पत्रकारहरूलाई गम्छा तथा टीका लगाएर प्रमाणपत्र प्रदान गर्दै संस्थामा स्वागत गरेका थिए।
लामिछानेले क्रियाशील युवा पत्रकार मञ्च नेपालले औपचारिक कार्यक्रम आयोजना गरी पत्रकारहरूलाई खुला रूपमा संस्थामा आबद्ध गराएकोमा संस्थाका अध्यक्ष आनन्द पटेल, नवनिर्वाचित अध्यक्ष प्रणय साह, महासचिव राकेश कुमार साहलगायत सम्पूर्ण टोलीलाई धन्यवाद दिए।
उनले सरकारले लोककल्याणकारी विज्ञापनमा अंकुश लगाएको विषयमा नेपाल पत्रकार महासंघ आन्दोलनमा रहेको उल्लेख गर्दै सञ्चार क्षेत्रलाई आर्थिक रूपमा कमजोर बनाउने गतिविधिप्रति गम्भीर आपत्ति जनाए। पत्रकारितामा प्रविधिको प्रयोग बढ्दै गए पनि खोजमूलक तथा अनुसन्धानात्मक समाचार उत्पादनमा कमी आउन नदिन पत्रकारहरू सक्रिय हुनुपर्ने बताए ।
पत्रकारहरूले प्रविधिको सहजतासँगै अनुसन्धानात्मक पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै लामिछानेले तथ्यमा आधारित तथा जनसरोकारका विषयमा खोजमूलक समाचार लेख्न आग्रह गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले पत्रकारितामा देखिएका चुनौती, सञ्चारमाध्यमको आर्थिक अवस्था तथा पत्रकारहरूले भोग्दै आएका विभिन्न समस्यावारे धारणा राखे। उनले पत्रकारहरूको व्यावसायिक सुरक्षा, श्रमको सम्मान र प्रेस स्वतन्त्रताको संरक्षणका लागि पत्रकारहरूबीच सहकार्य आवश्यक रहेको बताए।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले क्रियाशील युवा पत्रकार मञ्चको कार्यक्रममा पत्रकारितासँग सम्बन्धीत महŒवपूर्ण विषयहरू उठाइएको भन्दै महासंघले संस्थासँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।
समाजवादी प्रेस संगठन नेपालका मधेस प्रदेश अध्यक्ष मनोज पटेलले नवआबद्ध पत्रकारहरूलाई बधाई दिँदै पत्रकारहरू विभिन्न क्षेत्रबाट दबाब र घेराबन्दीमा पर्ने गरेको बताए। सरकार, व्यापारी तथा स्थानीय तहलगायत विभिन्न पक्षबाट आउने दबाबका बीच पत्रकारहरूले एकताबद्ध भएर आफ्नो पेशागत अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउनुपर्ने उनको भनाइ थियो।
प्रेस सेन्टर नेपालका मधेस प्रदेश अध्यक्ष निरज पिठाकोटे मगरले नवआबद्ध पत्रकारहरूलाई शुभकामना दिँदै पत्रकारितामा देखिएका चुनौती सामना गर्न पत्रकारहरूबीच एकता, सहकार्य र व्यावसायिक दक्षता आवश्यक रहेको बताए। उनले नयाँ पुस्ताका पत्रकारलाई निरन्तर सिक्दै तथ्यमा आधारित पत्रकारितालाई प्राथमिकता दिन आग्रह गरे।
संस्थाका सल्लाहकार तथा वरिष्ठ पत्रकार प्रताप श्रेष्ठले पत्रकारहरू अहिले विभिन्न प्रकारका दबाब र घेराबन्दीमा परेको बताए। उनले पत्रकारिताको स्वतन्त्रता, विश्वसनीयता र पेशागत सुरक्षाका विषयमा गम्भीर बहस आवश्यक रहेको उल्लेख गरे। पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढेसँगै पत्रकारितामा नयाँ चुनौती थपिएको भन्दै त्यसलाई अवसरका रूपमा उपयोग गर्दै पत्रकारहरूले आफ्नो मौलिकता, तथ्य जाँच तथा खोजमूलक क्षमतालाई अझ बलियो बनाउनुपर्ने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव तथा प्रेस युनियनका अध्यक्ष विजय चौहान, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भुकुमार सुमन, पत्रकार जगत राई, प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साह, महानगर अध्यक्ष राहुल श्रीवास्तव, महासचिव अमित आलोक, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, समाजसेवी प्रकाश उपाध्याय तथा संस्थाका नवनिर्वाचित अध्यक्ष प्रणय साहलगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रम संस्थाका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका उपाध्यक्ष वीरेन्द्र साहले स्वागत मन्तव्य राखेका थिए भने महासचिव राकेश कुमार साहले कार्यक्रमको सहजीकरण गरेका थिए।
कार्यक्रममा संस्थाका सचिव ओमप्रकाश सराफ, कोषाध्यक्ष उपेन्द्रकुमार बरै, सदस्यहरू सुनिल ओझा, आदित्य शर्मा, कन्हिया बर्नवाल, उपेन्द्र पटेल, मुकेश यादव, अर्जुन पण्डित, अरूण साह, आरोहण साहलगायत पत्रकारहरूको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3