Menu

आजको मौसम

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

Author
News Feed |
September 10, 2026
Featured

पर्सा , भदौ २५ –

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा दिएको उनको सचिवालयले जनाएको छ।

ग्यासको आपूर्ति सहज बनाउन नसकेको भन्दै पछिल्लो समय मन्त्री यादवको आलोचना बढेको थियो। बुधबार प्रतिनिधिसभाको उद्योग समितिको बैठकमा उनले ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई ‘पाता फर्काउनुपर्ने’ विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।

काठमाडौंमा ठूलो परिमाणमा ग्यास पठाइएको भनिए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा नपुगेको भन्दै यादवले उद्योगीप्रति असन्तुष्टि जनाएकी थिइन्। उनले कर्मचारी प्रशासनका कारण आफूले प्रभावकारी रूपमा काम गर्न नसकेको गुनासोसमेत गरेकी थिइन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट महोत्तरी–४ मा निर्वाचित यादव चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त भएकी थिइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3