Menu

आजको मौसम

पटेर्वामा १७ किलो गाँजा बरामद प्रकरणमा प्रहरीको खानतलासीमाथि प्रश्न

Author
News Feed |
September 10, 2026
Featured

वीरगंज , भदौ २५ –

पर्साको पटेर्वासुगौलीमा प्रहरीले एक घरमा खानतलासी गरी १७ किलो गाँजा बरामद गरेको जनाएको छ। घटनामा सुरज यादव र उनका छोरा सुभाष यादवलाई पक्राउ गरिएकोमा सुभाषलाई भने बिहानै हिरासतबाट मुक्त गरिएको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्र मल्लका अनुसार इलाका प्रहरी कार्यालय पटेर्वाको टोलीले राति करिब २ः२५ बजे घरमा खानतलासी गर्दा गाँजा बरामद गरेको हो। प्रहरीले भथौडाबाट दुखी महतोलाई समेत पक्राउ गरेको जनाएको छ। स्थानीयले भने गाँजा महतोको साथबाट फेला परेको दाबी गरेका छन्।

यता, सुरज यादवको परिवारले भने रातिको समयमा इन्सपेक्टर समुन्नत अधिकारीको नेतृत्वमा पुगेको प्रहरी टोलीले मुख्य प्रवेशद्वारको ताल्चा फुटाएर घरभित्र प्रवेश गरेको आरोप लगाएको छ। परिवारका अनुसार प्रहरीले घरका सामान तथा दराजहरू छरपस्ट पारेको र वृद्ध महिलाबाट चाबीको झुप्पा लिएर दराज खोलेको थियो।

परिवारले दराजमा रहेको नगद तथा गरगहनासमेत प्रहरीले लगेको आरोप लगाएको छ। साथै प्रहरी टोलीले घरका ज्येष्ठ नागरिकसँग अशिष्ट व्यवहार गरेको दाबी परिवारका सदस्य राजु यादवले गरेका छन्। रातिको कारबाहीमा इन्सपेक्टर समुन्नत अधिकारीकी श्रीमतीसमेत सहभागी भएको र उनले समेत वृद्ध महिलासँग दुर्व्यवहार गरेको परिवारको आरोप छ।

प्रहरीले भने परिवारले लगाएका यी आरोप स्वीकार गरेको छैन। डीएसपी मल्लले परिवारको आरोप प्रहरीमाथि लगाइएको आरोप मात्र भएको बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनामा रातिको समयमा गरिएको खानतलासीको आधार, बरामदीको स्थान, खानतलासी तथा बरामदी मुचुल्का र त्यस क्रममा रहेका रोहवरलगायतका विषय स्पष्ट हुनुपर्ने देखिन्छ। प्रहरीको दाबी र परिवारले लगाएका आरोपको सत्यतथ्य सम्बन्धित कागजात, प्रमाण तथा अनुसन्धानबाट टुंगो लाग्ने देखिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3