Menu

आजको मौसम

एम्बुलेन्स र ट्रकबाट करिब दुई टन गाँजा बरामद

Author
News Feed |
September 23, 2026
Featured

सुनसरी/इलाम , असोज ७ –

प्रहरीले सुनसरी र इलामबाट गरी करिब दुई टन गाँजा बरामद गरेको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरास्थित कोशी लोकमार्गबाट बा.२ च ९५७३ नम्बरको एम्बुलेन्समा लुकाएर राखिएको ४५० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ। असोज ६ गते राति जाँचका क्रममा एम्बुलेन्सभित्र १५ वटा पोकामा प्याक गरिएको गाँजा फेला परेको थियो।

यस्तै, इलाम नगरपालिका–९ भञ्ज्याङस्थित मेची राजमार्गबाट ना.४ ख ८९९६ नम्बरको ट्रकबाट १ हजार ५ सय ४ किलो ६ सय १० ग्राम गाँजा बरामद गरिएको छ।

ट्रकको फल्स बटममा ४१ वटा प्लास्टिकका बोरामा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

दुवै घटनामा एम्बुलेन्स र ट्रक नियन्त्रणमा लिएर फरार चालकको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3