Menu

आजको मौसम

साढे ९ किलो चरेससहित भारतीय नागरिक पक्राउ

Author
News Feed |
September 16, 2026
Featured

वीरगंज, ३१ भदौ ।  साढे ९ किलो चरेससहित एकजना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको जनाएको छ ।
भदौ ३० गते  जिल्ला पर्सा, वीरगंज महानगरपालिका–१७, अलौस्थित सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म अलौबाट खटिएको गाडी मोबाइल टोलीले शंकास्पद रूपमा आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको ट्यांकीभित्र फल्स बटम बनाई लुकाई राखेको अवस्थामा लागूऔषध चरेस जस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ।
सशस्त्र प्रहरीले अन्दाजी ९.५ के.जी. चरेसजस्तो देखिने पदार्थ (२१ पोका), मोबाइल १ थान तथा लागूऔषध ओसारपसारमा प्रयोग भएको मोटरसाइकलसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका व्यक्ति तथा बरामद लागूऔषध, मोटरसाइकल र अन्य सामग्रीलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुर, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी
सशस्त्र प्र.ना.उ. मोहनराज निरौलाले जानकारी गराएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3