वीरगंज , असोज ८ –
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ सय ग्रामभन्दा बढी सुनसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतीय नागरिक ४२ वर्षीय मोहम्मद चेरा थोडी र बाराको पचरौता नगरपालिका–१ पिपरपातीका ३३ वर्षीय अनिस अन्सारी रहेका छन्।
कतारको दोहाबाट आएका थोडीको साथबाट ५३६ ग्राम र अन्सारीको साथबाट ६९.६ ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ। दुवै जनालाई सुनसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।
साभार:
घण्टाघर टिभी