Menu

आजको मौसम

कांग्रेस पर्साको निर्वाचन तालिका सार्वजनिक

Author
News Feed |
September 28, 2026
Featured

वीरगंज, १२ असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत पर्साका क्षेत्र नं. १, २ र ३ मा हुने निर्वाचनको कार्यक्रम सार्वजनिक गरिएको छ। नेपाली कांग्रेस जिल्ला निर्वाचन समिति पर्साले निर्वाचन सम्बन्धी तालिका सार्वजनिक गर्दै मतदाता नामावलीदेखि मतदान र मतगणना सम्मका कार्यक्रम तय गरेको हो।

निर्वाचन तालिका अनुसार २०८३ असोज १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। सोही दिन दिउँसो १ बजेदेखि ४ बजेसम्म मतदाता नामावलीमा संशोधन तथा दाबी–विरोधको समय तोकिएको छ।

त्यस्तै, असोज १३ गते बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ। सोही दिन दिउँसो २ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ भने दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारको नाममा दाबी–विरोध वा उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली सोही दिन दिउँसो ५ बजे प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

मनोनयन दर्ता, उम्मेदवारको नामावली प्रकाशन, दाबी–विरोध, उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशनलगायतका सम्पूर्ण कार्य नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय, रामगढवामा हुने जनाइएको छ। असोज १४ गते बिहान ५ बजेदेखि मतदान हुने छ।

क्षेत्र नं. १ को मतदानस्थल रामनारायण पार्टी प्यालेस, वीरगंज–१५, क्षेत्र नं. २ को मतदानस्थल वीरगंज–१९ स्थित बिन्दवासिनी मन्दिर र क्षेत्र नं. ३ को मतदानस्थल बिन्दवासिनी वडा नं. २ स्थित बहुअर्वा मठा जीपी फाउन्डेसन तोकिएको छ।

मतदान सम्पन्न भएपछि मतगणना कार्य शुरू गरिने निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भरत राजभण्डारीद्वारा जारी सूचनामा पर्साका तीनवटै निर्वाचन क्षेत्रको निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3