Menu

आजको मौसम

संरक्षणको अभावमा जीर्ण बन्दै वीरगंजको बीपी उद्यान

Author
News Feed |
September 11, 2026
Featured

वीरगंज , भदौ २६ –

वीरगंजको घण्टाघरअगाडि निर्माणाधीन बीपी उद्यान उचित संरक्षण र नियमित सम्भारको अभावमा जीर्ण बन्दै गएको छ। लाखौं रुपैयाँ खर्चेर हरियाली पार्कका रूपमा विकास गर्न थालिएको उद्यानमा नियमित हेरचाह नहुँदा पुनः अतिक्रमण र अव्यवस्थाको जोखिम बढेको स्थानीयवासीले बताएका छन्।

वीरगंज महानगरपालिकाले शहरी सौन्दर्य वृद्धि र वातावरणीय सुधारलाई लक्षित गरी उद्यान विकासको योजना अघि बढाएको थियो। लामो समयदेखि अव्यवस्थित तथा अतिक्रमणमा रहेको क्षेत्रलाई खुला र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास गर्ने क्रममा माटो भर्ने, जमिन सम्याउने, दुबो रोप्ने तथा फूल र बिरुवा लगाउने काम गरिएको थियो।

तर नियमित पानी, सरसफाइ, बिरुवा संरक्षण र निगरानीको व्यवस्था हुन नसक्दा उद्यानको अवस्था बिग्रँदै गएको स्थानीयवासीको गुनासो छ। उनीहरूका अनुसार रातिको समयमा उद्यान क्षेत्रमा विभिन्न समूहको जमघट हुने तथा असामाजिक गतिविधिको जोखिमसमेत बढेको छ।

नगरप्रमुख राजेशमान सिंह निलम्बनमा परेपछि उनको पहलमा अघि बढेको उद्यान विकास योजना प्रभावित हुने हो कि भन्ने चिन्ता पनि स्थानीयमा देखिएको छ। पार्कमा पैदलमार्ग, विश्रामस्थल, फूलबारीलगायत संरचना निर्माण गर्ने तथा उत्तरतर्फको पुरानो रेलवे लाइन क्षेत्रमा रेलवे संग्रहालय बनाउने योजना अघि सारिएको थियो।

स्थानीयवासीले लाखौं रुपैयाँ खर्च भइसकेको उद्यानलाई अलपत्र हुन नदिन महानगरपालिकाले तत्काल नियमित सरसफाइ, सुरक्षा, हरियाली संरक्षण र निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने माग गरेका छन्। उद्यान पूर्ण रूपमा निर्माण सम्पन्न भए वीरगंजको शहरी सौन्दर्य, वातावरण संरक्षण र आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने उनीहरूको भनाइ छ।

साभार // प्रतिक दैनिक

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3