पर्सा , असोज १० –
बहुदरमाई नगरपालिका–५ भौराटार टोलमा बिग्रिएको खानेपानी ट्याङ्की तथा धारा राष्ट्रिय स्वतन्त्र पार्टी बहुदरमाई नगर सभापति चन्दन यादवले व्यक्तिगत खर्चमा मर्मत गराएका छन् ।
स्थानीयवासीलाई खानेपानीको समस्या भएपछि यादवले ११ हजार रुपैयाँभन्दा बढी खर्च गरेर ट्याङ्की तथा धारा मर्मत गराएको बताए ।
यादवले जनताको आधारभूत आवश्यकता पूरा गर्न सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै स्थानीय सरकारले गर्नुपर्ने कामसमेत व्यक्तिगत रूपमा गर्नुपर्ने अवस्था दुःखद भएको उल्लेख गरे ।
पर्याप्त स्रोत–साधन हुँदाहुँदै पनि नागरिकले आधारभूत सुविधा सहज रूपमा पाउन नसक्नु विडम्बना भएको बताउँदै उनले जनताले आफ्नै सरकारबाट सहज रूपमा सेवा पाउने वातावरण बन्नुपर्नेमा जोड दिए ।
“जनताको सेवा मेरो जिम्मेवारी हो, तर जनताले आफ्नै सरकारबाट सहज रूपमा सेवा पाउनुपर्छ भन्ने मेरो चाहना हो,” यादवले भने ।