Menu

आजको मौसम

चुरियामाईनजिकै ढुङ्गा खस्दा अवरुद्ध सडक सुचारु

Author
News Feed |
September 25, 2026
Featured

जितपुर सिमरा, असोज ९: 

मकवानपुर र पर्सा जिल्लालाई जोड्ने मुख्य हेटौडा-बिरगंज सडकखण्ड अन्तर्गत चुरियामाई मन्दिर नजिकै सडकमा ढुङ्गा खस्दा आज बिहान केही समय सडक अवरुद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार, बिहान अन्दाजी ६:३० बजेको समयमा मन्दिरबाट करिब ५० मिटर दक्षिणतर्फको सडकमा माथिबाट ढुङ्गा खसेको थियो। यस घटनापछि सडक एकतर्फी रुपमा मात्र सञ्चालनमा आएको थियो, जसका कारण सवारी आवागमनमा प्रभाव परेको थियो।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगंज, इलाका प्रहरी कार्यालय जितपुरसिमरा र अस्थायी ट्राफिक पोष्ट अमलेखगंजबाट खटिएको संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले सडक डिभिजन कार्यालयसँग समन्वय गरी अवरोध हटाउने कार्य तुरुन्त सुरु गरेको थियो।

प्रहरीको सक्रियता र सडक विभागको सहयोगमा बिहान ९:०० बजेको समयमा उक्त सडकखण्ड पूर्णरुपमा सफा गरी दुईतर्फी सञ्चालनमा ल्याइएको छ। हाल उक्त सडकखण्डमा सवारी साधनहरुको आवागमन सामान्य रुपमा भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3