Menu

आजको मौसम

वीरगंज महानगरद्वारा आन्तरिक आयका ६ शीर्षकमा नयाँ ठेक्का आह्वान

Author
News Feed |
September 11, 2026
Featured

वीरगंज , भदौ २६ –

वीरगंज महानगरपालिकाले म्याद सकिएका आन्तरिक आयका ६ वटा शीर्षकमा नयाँ ठेक्का आह्वान गरेको छ। महानगरले घडिअर्वा पोखरी, स्विमिङ पुल, मिना बजार तथा सपिङ कम्प्लेक्स, पुरानो बसपार्क, जडीबुटी तथा कवाडी कर र सवारी व्यवस्थापन सेवा शुल्कका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको हो।

महानगरपालिकाले भदौ १८ गते गोरखापत्रमा बोलपत्रसम्बन्धी सूचना प्रकाशित गरेको हो। गत असार मसान्तमै पुराना ठेक्काको म्याद सकिए पनि नयाँ प्रक्रिया अघि नबढेको विषयमा समाचार प्रकाशित भएपछि महानगरले ठेक्का आह्वान गरेको हो।

म्याद सकिएको डेढ महिनासम्म घडिअर्वा पोखरी, मिना बजार, स्विमिङ पुल र पुरानो बसपार्क पुरानै ठेकेदारको नियन्त्रणमा रहेका थिए। घडिअर्वा पोखरी र पुरानो बसपार्क गणपति निर्माण सेवा, स्विमिङ पुल सुरेश ठेक्का पट्टा र मिना बजार अरविन्दप्रसाद कलवारले ठेक्का लिएका थिए।

महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहोराले ६ वटा शीर्षकमा नयाँ ठेक्काका लागि सूचना प्रकाशित भइसकेको बताएका छन्। उनका अनुसार म्याद सकिए पनि केही संरचना पुराना ठेकेदारले महानगरलाई हस्तान्तरण नगरेकाले नयाँ ठेक्का नहुँदासम्मको अवधिको रकम असुल गर्ने प्रक्रिया अघि बढाइएको छ।

बोहोराका अनुसार नयाँ ठेक्का प्रक्रिया असोज मसान्तसम्म लाग्न सक्ने भएकाले त्यस अवधिसम्मको रकम महानगरले असुल गर्नेछ। इच्छुक व्यक्ति तथा संस्थाले सिलबन्दी बोलपत्रमार्फत प्रतिस्पर्धामा सहभागी हुन सक्ने उनले बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3