Menu

आजको मौसम

तीन नम्बर पुलको अतिक्रमण चाडपर्वपछि हटाउने सहमति

Author
News Feed |
September 28, 2026
Featured

बारा । चाडपर्वपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर नजिक पुनः निर्माण गरिएका घरटहरा भत्काउने सहमति भएको छ ।

सुरक्षाकर्मी, वनरक्षक र डोजरसहित पुगेको टोलीलाई जनप्रतिनिधि तथा स्थानीयले आग्रह गर्दै चाडपर्वको समयमा उठिबास लगाउन नहुने तर्क गरेका छन् । स्थानीय र जनप्रतिनिधिहरूले चाडपर्वपछि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल गरेर मात्रै आवश्यक निर्णय लिन आग्रह गरेका थिए ।

वन अधिकृत ललन राउत कुर्मीका अनुसार जनप्रतिनिधिको अनुरोधलाई मान्दै तत्काललाई रोकिए पनि स्थानीयले आफैं नहटाए पुनः पुगेर भत्काइने बताए । आज नभए भोलि हट्छ नै’ कुर्मीले भने ‘त्यसैले स्थानीय आफैंले समयमै खाली गर्नु उपयुक्त हुन्छ। हामीले त्यही समय दिएर फर्किएका हौं।’

यसअघि डिभिजन वन कार्यालय र डिभिजन सडक कार्यालयको संयुक्त टोलीले गत जेठ १ गते चार दशक पुरानो सो बस्तीका ७२ वटा घरटहरा डोजर लगाएर भत्काएको थियो । सडक र वनको जग्गा अतिक्रमण गरिएको भन्दै भत्काइए पनि स्थानीयले पुनः सोही स्थानमा घरटहरा निर्माण गर्न थालेका थिए ।

बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खडानन्द अधिकारीले जनप्रतिनिधिहरू आफैं उभिएर अनुरोध गरेकाले मुठभेडको स्थिति टार्न टोली फिर्ता बोलाइएको बताए ।

डिभिजन वन कार्यालयका प्रमुख सुजितकुमार झाले पनि केही दिनको समय दिएर टोली फर्किएको पुष्टि गर्दै तोकिएको समयमा नहटाए कडा कदम चालिने चेतावनी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले भने साना व्यवसायी र स्थानीयको जीविकोपार्जनमा असर पुग्ने गरी हटाउन नहुने तर्क गरे ।

जनप्रतिनिधि र स्थानीयले समय मागेपछि पथलैया पुगिसकेको सशस्त्र प्रहरीको टोलीलाई भने सिडिओ अधिकारीले बाटोबाटै फर्किन आदेश दिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3