Menu

आजको मौसम

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

Author
News Feed |
September 26, 2026
Featured

बारा , असोज १० –

पथलैया–हेटौंडा सडकखण्डअन्तर्गत बाराको तीन नम्बर पुल नजिक शुक्रबार राति ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङको लेटाङ नगरपालिका–१ का ३५ वर्षीय योगेन्द्रबहादुर मगर रहेका छन्।

हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बा.प्र.०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको ना.६ ख ३६४४ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मगरलाई उपचारका लागि वीरगंजस्थित नारायणी अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

प्रहरीले ट्रकसहित चालक जीतपुरसिमरा उपमहानगरपालिका–२१ का ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिएको छ। खड्कालाई इलाका प्रहरी कार्यालय सिमरामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3