Menu

आजको मौसम

सलेमपुरबाट पेस्तोल र गाेलीसहित एक जना पक्राउ

Author
News Feed |
September 29, 2026
Featured

बारा,१३असाेज:बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गाेलीसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहा रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट गोलागञ्जबाट खटिएको टोलीले सोमबार सिम्रौनगढ नगरपालिका ६, सलेमपुरबाट पेस्तोल र गाेलीसहित कुशवाहालाई पक्राउ गरेकाे हाे।

उनको साथबाट कटुवा पेस्तोल दुई थान, गोली ५ राउन्ड र मोबाइल एक थान बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नंबर १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी एंव सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रम मणि अधिकारीले जानकारी दिए।

पेस्तोल र गाेलीसहित पक्राउ परेका कुशवाहालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3