Menu

आजको मौसम

मलेसिया क्रिकेट एसोसिएसनको ‘सीओओ’ बने दास

Author
News Feed |
September 26, 2026
Featured

काठमाडौं,१० असोजःनेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएसनको चिफ अपरेटिङ अफिसर (सीओओ) बनेका छन् ।

बाराको कलैया निवासी दास मसेलिया क्रिकेट संघले एक महिनाअघि खोलेको सीओओको आवेदनमा छनोट भएका हुन् । ‘छनोट भएको खबर आएको छ । दुईपक्षीय हस्ताक्षर गर्न बाँकी छ। त्यसको लागि अर्को हप्तातिर जान्छु होला’ विनोदले भने ।

विनोद यसअघि नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट अपरेसन म्यानेजरको रुपमा कार्यरत थिए ।उक्त पदबाट अलग्गिएको जानकारी क्यानलाई गराइसकेको विनोदले बताए ।

नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान दासले सन् २००० को दशकमा यू–१९ देखि सिनियर टिमसम्मको कप्तानी गरेका थिए । यस्तै उनले प्रशिक्षकको रुपमा यू–१९ पुरुष टिम र महिला सिनियर टिमको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3