Menu

आजको मौसम

कांग्रेसको वडा अधिवेशन र केन्द्रीय महाधिवेशन कहिले ?

Author
News Feed |
September 08, 2026
Featured

पर्सा , भदौ २३ –

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गाउँ–नगर वडा अधिवेशन असोज ३ र ४ गते हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले मंगलबार संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

यसअघि वडा अधिवेशन भदौ २४ गते गर्ने तय भए पनि बाढी विपद् र पार्टीभित्र सहमतिको वातावरण बनाउन भन्दै मिति परिवर्तन गरिएको कांग्रेसले जनाएको छ । ६ हजार ७४३ वटै वडामा स्थानीय अनुकूलताअनुसार असोज ३ वा ४ गते अधिवेशन गरी वडा कार्यसमिति निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ ।

संशोधित कार्यतालिकाअनुसार गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते तथा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते हुनेछ । बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा सम्बन्धित निर्वाचन अधिकृत र स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गरिनेछ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन भने पूर्वनिर्धारित मितिमै असोज १६, १७, १८ र १९ गते काठमाडौंमा हुनेछ । जिल्ला र प्रदेश अधिवेशनको विस्तृत कार्यतालिका भने दोस्रो चरणमा सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3