Menu

आजको मौसम

वीरगंजको विशेष नगरसभा बहिष्कार गर्न कांग्रेस पर्साको ह्विप

Author
News Feed |
September 30, 2026
Featured

वीरगंज, असोज १४ –

नेपाली कांग्रेस पर्साले वीरगंज महानगरपालिकाले असोज १४ गते बोलाएको विशेष नगरसभामा सहभागी नहुन आफ्ना निर्वाचित जनप्रतिनिधिलाई ह्विप जारी गरेको छ।

कांग्रेस जिल्ला कार्यसमिति पर्साका सचिव दिवेश कुमार चौधरीले जारी गरेको पत्रमा महानगरपालिकामा निर्वाचित उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यलाई विशेष नगरसभामा सहभागी नहुन निर्देशन दिइएको उल्लेख छ।

वीरगंज महानगरपालिकाको बजेटलाई लिएर विवाद भएपछि विशेष नगरसभा बोलाइएको हो। नगरप्रमुख राजेशमान सिंह निलम्बनमा रहेका बेला उपप्रमुख इम्तियाज आलमको नेतृत्वमा चालु आर्थिक वर्षको बजेट तयार गरिएको थियो। पछि विशेष अदालतबाट सफाइ पाएर पदमा फर्किएका सिंहले उक्त बजेट खारेज गरी विशेष नगरसभामार्फत नयाँ बजेट ल्याउने निर्णय गरेका थिए।

कांग्रेसले भने बजेट परिवर्तन गर्ने प्रक्रिया रोक्ने उद्देश्यले आफ्ना जनप्रतिनिधिलाई विशेष नगरसभामा सहभागी नहुन निर्देशन दिएको हो। महानगरपालिकाको विशेष नगरसभा सञ्चालनका लागि आवश्यक बहुमत भने पुग्ने अवस्था रहेको बताइएको छ। वीरगंज महानगरपालिकामा ३२ वटा वडा छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3