Menu

आजको मौसम

पूर्वमेयर प्रदीप सुवेदीले अचानक किन छाडे राप्रपा ?

Author
News Feed |
September 10, 2026
Featured

वीरगंज । वीरगंजका पूर्व मेयर प्रदीपकुमार सुवेदीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन् । पर्साामा राप्रपाको स्थापनाकालदेखि नै लागेका सुवेदीले राप्रपा परित्याग गरेका हुन् ।

बुधवार वीरगंजमा राप्रपाको पर्सा जिल्ला अधिवेशन हुदैं गरेका बेला सुवेदीले राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा आजका मितिदेखि आफूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।

राप्रपा पार्टीको स्थापनाकालदेखि नै पार्टीको वृद्धि तथा सुदृढ संगठनका लागि कर्तव्यनिष्ठ कार्यकर्ताका रूपमा आफूले जिम्मेवारी निर्वाह गर्दै आएकोमा आजदेखि पार्टी परित्याग गरेको उनले बताएका छन् ।

सुवेदीको पार्टी परित्यागलाई पर्सामा राप्रपाका लागि महŒवपूर्ण राजनीतिक क्षतिका रूपमा हेरिएको छ। जिल्लामा लामो समयदेखि पार्टीको संगठन निर्माण र राजनीतिक गतिविधिमा सक्रिय सुवेदीले अधिवेशनकै दिन पार्टी छाडेपछि त्यसको प्रभाव जिल्ला अधिवेशनमा समेत पर्न सक्ने राप्रपा वृत्तमा चर्चा छ।

यसैबीच, राप्रपा पर्साको जिल्ला अधिवेशन नियमित र विधिसम्मत ढंगले सम्पन्न नभए पार्टीका थप नेता तथा कार्यकर्ताले समेत राजीनामा दिने तयारी गरिरहेको एक नेताले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिएका छन। उनका अनुसार अधिवेशनको प्रक्रिया र व्यवस्थापनप्रति असन्तुष्ट रहेका केही नेता–कार्यकर्ता नेतृत्वको निर्णयको प्रतीक्षामा छन।

अधिवेशनकै दिन जिल्लाका प्रभावशाली नेतामध्ये एक सुवेदीले पार्टी परित्याग गरेपछि नेतृत्व र संगठनभित्रको असन्तुष्टि थप सतहमा आएको देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3