वीरगंज , भदौ २९ –
आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटीले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो।
टोलीमा वीरगंजका सहोदर दाजुभाइ आरिफ शेख र आसिफ शेख पनि समेटिएका छन्। उनीहरूसँगै रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्।
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ।
साभार:
घण्टाघर टिभी