Menu

आजको मौसम

कट्टा पेस्तोल र गोलीसहित भारतीय युवक पक्राउ

Author
News Feed |
September 15, 2026
Featured

मलंगवा , भदौ ३० –

सर्लाही प्रहरीले कट्टा पेस्तोल र गोलीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार मलंगवा नगरपालिका–१२ स्थित चमेलीमाई मन्दिर नजिक पार्किङ गरी राखिएको भारतीय नम्बरको बीआर ३० एटी ८९६१ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल शंकास्पद अवस्थामा फेला परेपछि प्रहरी चौकी कलंकीसाहीबाट खटिएको टोलीले जाँच गरेको थियो ।

जाँचका क्रममा मोटरसाइकलको डिक्कीमा रहेको रातो कपडाको झोलाबाट एक थान घरेलु कट्टा पेस्तोल र दुई राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

हातहतियार बरामद भएपछि प्रहरीले भारतको बिहार राज्य, सीतामढी जिल्ला सोनवर्षा निवासी २५ वर्षीय नवीन कुमारलाई पक्राउ गरेको छ । उनको साथबाट कट्टा पेस्तोल, दुई राउन्ड गोली, रेडमी र मोटो जी९६ ५जी कम्पनीका दुई थान मोबाइल तथा भारतीय नम्बरको उक्त मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3