Menu

आजको मौसम

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण छिट्टै अघि बढाइने

Author
News Feed |
September 10, 2026
Featured

वीरगंज , भदौ २५ –

वीरगंज महानगरपालिका–१५ भेडियाहीमा रोकिएको यातायात व्यवस्था कार्यालयको भवन निर्माण कार्य छिट्टै अघि बढाइने भएको छ।

श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको उपस्थितिमा जिल्ला समन्वय समिति पर्सामा भएको छलफलमा रोकिएको निर्माण कार्य तत्काल अघि बढाउने र सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्ने सहमति भएको हो।

बैठकमा मन्त्रालयका सचिव निरञ्जन साह, जिल्ला समन्वय समिति पर्साका उपसभापति पुरणप्रसाद कुर्मी, यातायात व्यवस्था कार्यालयका प्रमुख कुसेश्वर साहलगायतको उपस्थिति रहेको थियो। निर्माण कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन जिल्ला समन्वय समितिले पहल गर्ने विषयमा समेत छलफल भएको थियो।

भवन निर्माण सम्पन्न नभएसम्म यातायात व्यवस्था कार्यालय प्रतिमा चोकबाट जिल्ला समन्वय समितिको पुरानो भवनमा सञ्चालन गर्ने विषयमा यसअघि नै सहमति भइसकेको जिल्ला समन्वय समिति पर्साका अध्यक्ष अजय सर्राफले बताएका छन्। मन्त्री थापाले भवन निर्माणका लागि आवश्यक समन्वय गरी काम छिट्टै अघि बढाउने प्रतिबद्धता जनाएकी छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3