वीरगंज , भदौ ३० –
पर्सा प्रहरीले वीरगंजबाट भन्सार छली ओसारपसार गर्दै गरेको अवस्थामा ११ लाख २ हजार १४० रुपैयाँ बराबरका विभिन्न प्रकारका लत्ताकपडा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भदौ २७ गते राति करिब ८ः३० बजे वीरगंज महानगरपालिका–१६ इनर्वागाउँस्थित भन्सार छली ओसारपसार भइरहेको अवस्थामा प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
बरामद लत्ताकपडा आवश्यक कारबाहीका लागि भदौ २८ गते वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जनाएका छन् ।
साभार:
घण्टाघर टिभी