Menu

आजको मौसम

जीतपुरसिमरा नगर अस्पताललाई सर्पदंश उपचार केन्द्र सञ्चालन अनुमति

Author
News Feed |
September 23, 2026
Featured

सिमरा , असोज ७ –

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित जीतपुरसिमरा नगर अस्पतालले सर्पदंश उपचार केन्द्र सञ्चालनको औपचारिक अनुमति पाएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अस्पतालको अनुगमनपछि २०८३ असोज ५ देखि २०८७ असोज ४ गतेसम्म केन्द्र सञ्चालनका लागि अनुमति दिएको हो। आवश्यक मापदण्ड पूरा भएको पाइएपछि ‘सर्पदंश उपचार केन्द्र सञ्चालन सम्बन्धी मापदण्ड, २०७७’ अनुसार अनुमति दिइएको महाशाखाले जनाएको छ।

जुनोटिक तथा अन्य सरुवा रोग नियन्त्रण शाखाका प्रमुख डा. अमृत पोखरेलका अनुसार प्रदेश सरकारबाट आवश्यक एन्टिभेनम प्राप्त भएपछि अस्पतालबाट उपचार सेवा सुरु गरिनेछ। यसका लागि स्वास्थ्यकर्मीलाई आवश्यक तालिमसमेत दिइएको छ।

जीतपुरसिमरा क्षेत्रमा सर्पदंशका कारण बालिकासहितको मृत्यु भएपछि स्थानीयस्तरमै उपचार केन्द्रको माग हुँदै आएको थियो। केन्द्र सञ्चालनमा आएपछि सर्पदंशका बिरामीलाई उपचारका लागि वीरगञ्जलगायत टाढाका अस्पताल पुग्नुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3