Menu

आजको मौसम

अनुचित लेनदेन र ठगीको आरोपमा अनमोल साहलाई १० दिनको म्याद

Author
News Feed |
September 08, 2026
Featured

पर्सा , भदौ २३ –

वीरगंजका उद्योगी अनिल छपोलियाका छोरा अनमोल साह ठगी, अनुचित लेनदेन तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरको आरोपमा पक्राउ परेका छन् ।

वीरगंज महानगरपालिका–१७ निवासी पानालाल प्रसादको जाहेरीका आधारमा पक्राउ परेका साहलाई प्रहरीले बिहीबार पर्सा जिल्ला अदालतमा पेश गरी थप अनुसन्धानका लागि १० दिनको म्याद लिएको जनाएको छ ।

यसअघि वीरगंज–१७ निवासी सुनिता देवीको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा अदालतले साहलाई धरौटीमा रिहा गरेको थियो । त्यसपछि पानालालको जाहेरीका आधारमा प्रहरीले पुनः पक्राउ गरेको हो ।

जाहेरवाला पानालालले आफूलाई विश्वासमा पारी ठगी गरेको आरोप लगाउँदै निष्पक्ष छानबिनबाट न्याय पाउने अपेक्षा व्यक्त गरेका छन् । यस्तै, साहलाई अदालतमा म्याद थपका लागि लैजाने क्रममा उनका बुवा अनिल छपोलियाले अदालत परिसरमै आफूलाई गालीगलौज तथा धम्की दिएको पानालालले आरोप लगाएका छन् । आफूलाई असुरक्षित महसुस भएको उनको भनाइ छ ।

घटनाबारे अनिल छपोलियाको प्रतिक्रिया तथा धम्कीको आरोपसम्बन्धी प्रहरीको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3