Menu

आजको मौसम

वीरगंजको मुख्य सडक विस्तारको काम सोमबारसम्म सक्ने लक्ष्य

Author
News Feed |
September 11, 2026
Featured

वीरगंज , भदौ २६ –

वीरगंजको मुख्य सडक विस्तारको बाँकी काम आगामी सोमबारसम्म सम्पन्न गर्ने लक्ष्यसहित काम तीव्र पारिएको छ। सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर तथा वीरगंजका फोकल पर्सन दुर्गाप्रसादका अनुसार सडक सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको छ।

उनका अनुसार सिद्धार्थ बैंक, पमपम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको छ। यसअघि घरधनीले आंशिक रूपमा मात्रै संरचना हटाएका कारण बाँकी रहेका भागसमेत हटाउन थालिएको उनले बताएका छन्।

घण्टाघरदेखि माइस्थान चोकसम्म केही भवन सडकको मध्यबिन्दुबाट कायम हुने दूरीका विषयमा अन्योल देखिएपछि पुनः नापजाँच गर्न लागिएको छ। उक्त काम पनि एक साताभित्र सम्पन्न गर्ने योजना रहेको दुर्गाप्रसादले बताएका छन्।

सडक डिभिजनले पहिलो चरणमा गत वैशाख ६ र ७ गते मुख्य सडक क्षेत्रमा करिब १ हजार २ सय घर तथा भवनको अगाडिको संरचना हटाएको थियो। तोकिएको समयभित्र आफैं संरचना हटाउन आग्रह गरिए पनि धेरै संरचना यथावत् रहेपछि दोस्रो चरणमा सडक सीमाभित्रका बाँकी संरचना हटाउने काम अघि बढाइएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3