Menu

आजको मौसम

सामाजिक सञ्जालको दुरुपयोगले मानव बेचबिखनको जोखिम बढाउँदै

Author
News Feed |
September 26, 2026
Featured

वीरगंज , असोज १० –

सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग हुने चिनजान र सम्बन्धका कारण पछिल्लो समय मानव तथा बालबालिका बेचबिखनको जोखिम बढ्दै गएको एक अध्ययनले देखाएको छ।

वीरगंजमा शुक्रबार आयोजित कार्यक्रममा महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एट्विन) ले मधेस, कोशी र लुम्बिनी प्रदेशका संवेदनशील सीमावर्ती जिल्लामा गरेको प्रारम्भिक अध्ययनको निष्कर्ष प्रस्तुत गरिएको हो।

अध्ययनका अनुसार गरिबी, आर्थिक अभाव, प्रलोभन, छलकपट, अन्धविश्वाससँगै सामाजिक सञ्जालको दुरुपयोगका कारण विशेषगरी बालिका, किशोरी तथा महिला जोखिममा पर्ने गरेका छन्। अध्ययनमा अभिलेखीकरण गरिएका ६५४ पीडित तथा प्रभावितमध्ये ८१.७ प्रतिशत महिला तथा बालिका र १८ प्रतिशत पुरुष तथा बालक रहेको उल्लेख छ।

प्रमुख सीमा नाकाबाट उद्धार तथा पहिचान गरिएका व्यक्तिको संख्याका आधारमा वीरगंज पनि संवेदनशील नाकाका रूपमा देखिएको अध्ययनमा उल्लेख छ। उद्धार तथा पहिचान गरिएकामध्ये मनोरञ्जन क्षेत्रबाट २६५, सीमापारबाट १६२, इँटा भट्टाबाट १२१ र घरेलु क्षेत्रबाट १०६ जना रहेको जनाइएको छ।

कार्यक्रममा सहभागी सुरक्षा अधिकारीहरूले मानव बेचबिखन नियन्त्रणका लागि सीमा निगरानी मात्र पर्याप्त नभएको बताएका छन्। जोखिममा रहेका बालबालिकाको पहिचानदेखि उद्धार, अनुसन्धान, परामर्श र पारिवारिक पुनर्मिलनसम्मको प्रणाली बलियो बनाउनुपर्ने उनीहरूको भनाइ थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले विस्थापित तथा जोखिममा रहेका बालबालिकामाथि विशेष ध्यान दिनुपर्ने बताए। सशस्त्र प्रहरी निरीक्षक दिलीप बस्नेतले सीमामा खटिने सुरक्षाकर्मीलाई बालबालिका पहिचानसम्बन्धी आवश्यक तालिम र प्रविधि उपलब्ध गराउनुपर्ने बताए।

कार्यक्रमका सहभागीहरूले जोखिमयुक्त सीमा नाका, अनौपचारिक आवतजावत हुने बाटो तथा संवेदनशील स्थानको व्यवस्थित पहिचान गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह, समुदाय र गैरसरकारी संस्थाबीच समन्वय बढाउनुपर्ने सुझाव दिएका छन्।

एट्विनकी कार्यकारी निर्देशक बेनुमाया गुरुङले उद्धारपछि पनि बालबालिकाको पहिचान, परामर्श, परिवारको खोजी, सुरक्षित पुनर्मिलन र पुनःस्थापनाको प्रक्रिया प्रभावकारी बनाउनुपर्ने बताइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3