Menu

आजको मौसम

जापान पठाउने भन्दै १ करोडबढी ठगी गर्ने पक्राउ

Author
News Feed |
September 30, 2026
Featured

बारा, १४ असोज । जापान पठाइदिन्छु भन्दै करोडौ रुपियाँ ठगी गरेको अभियोगमा नीम एजुकेसन कन्सल्टेन्सी प्रा. लि. का सञ्चालक २६ वर्षीय दिप बहादुर तामाङ पक्राउ परेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–५ मा बस्दै आएका र रामेछाप लिखु तामाकोशी गाउँँपालिका–१ स्थायी घर भएका तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले ललितपुरबाट सोमवार पक्राउ गरेको हो।

प्रहरीका अनुसार तामाङले १५ जना युवायुवतीबाट कुल १ करोड १ लाख रुपियाँँ रकम असुल गरी सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा खोजतलास गरी उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कानुन बमोजिम आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3