Menu

आजको मौसम

चार वर्षदेखि अवरुद्ध वीरगंजका तीन वडाको पानी निकास खुलाइयो

Author
News Feed |
September 29, 2026
Featured

वीरगंज — वीरगंज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ मा विगत चार वर्षदेखि अवरुद्ध रहेको पानी निकास खुलाइएको छ। महानगर प्रमुख राजेशमान सिंहको पटक–पटकको पहलपछि महानगरपालिकाले डोजर प्रयोग गरी नाला निर्माण तथा सफाइ गरेर पानीको निकास खुलाएको हो।

पानीको सहज निकास नहुँदा वर्षायाममा वडा नम्बर १७, २५ र २६ को सुगौली, अलौलगायत आसपासका बस्ती तथा ठूलो क्षेत्र डुबानमा पर्दै आएको थियो। लामो समयसम्म पानी जमिरहँदा स्थानीयलाई आवतजावतमा समस्या हुनुका साथै खेतीपातीसमेत प्रभावित हुँदै आएको थियो।

त्यसैगरी, बस्ती तथा आसपासका क्षेत्रमा लामो समय पानी जम्दा लामखुट्टेको प्रकोप बढ्ने, दुर्गन्ध फैलिने तथा स्वास्थ्यसम्बन्धी समस्या निम्तिने गरेको स्थानीयको गुनासो थियो। पानी जमेकै कारण दैनिक जनजीवन प्रभावित हुनुका साथै खेतीयोग्य जमिनसमेत उपयोग गर्न कठिन हुने गरेको थियो।

लामो समयदेखि अवरुद्ध पानी निकास खुलाउन थालिएपछि सुगौली, अलौलगायत आसपासका क्षेत्रका स्थानीयवासीले वर्षायाममा हुने जलजमावको समस्या कम हुने अपेक्षा गरेका छन्।
महानगरपालिकाका अनुसार अवरुद्ध पानी निकासलाई पूर्ण रूपमा खुलाएर पानीको सहज निकास गराउने काम भएको छ ।

पानीको नियमित निकास भएपछि बस्ती तथा खेतीयोग्य जमिनमा हुने डुबानसँगै जलजमावका कारण उत्पन्न हुने लामखुट्टे तथा अन्य समस्यासमेत न्यूनीकरण हुने अपेक्षा स्थानीयले लिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3