वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बुधवार बिहान पुनः पदभार ग्रहण गरेका छन् ।
आज वीरगंज महानगरपालिकाको कार्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा नगर प्रमुख सिंहले पदभार ग्रहण गरेका हुन् ।
नगर प्रमुख सिंहले औपचारिक रूपमा पदभार ग्रहण गरेसँगै महानगरपालिकाको आगामी कार्यसम्पादन, सेवा प्रवाह तथा विकास निर्माणका कामलाई थप प्रभावकारी रूपमा अघि बढाउने बताए । उनले वीरगंज महानगरपालिकामा प्रशासनिक तथा विकास गतिविधिले थप गति लिने अपेक्षा गरे ।
पदभार ग्रहण कार्यक्रममा वीरगंज महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न क्षेत्रका व्यक्तित्व, सामाजिक अगुवा तथा शुभेच्छुकहरूको उपस्थिति थियो ।
साभार:
घण्टाघर टिभी