Menu

आजको मौसम

वीरगंज महानगरले सातवटा विद्युतीय सवारीसाधनको खरीद प्रक्रिया रद्द गर्‍यो

Author
News Feed |
September 11, 2026
Featured

वीरगंज , भदौ २६ –

वीरगंज महानगरपालिकाले नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका लागि खरीद गर्ने तयारी गरिएका तीनवटा विद्युतीय गाडी तथा नगरबस सञ्चालनका लागि बुकिङ गरिएका चारवटा विद्युतीय बसको खरीद प्रक्रिया रद्द गरेको छ।

जेनजी आन्दोलनका क्रममा महानगरपालिकाका विभिन्न सवारीसाधन आगजनीबाट क्षतिग्रस्त भएपछि नयाँ सवारीसाधन खरीद प्रक्रिया अघि बढाइएको थियो। प्रारम्भिक रूपमा कोटेशनलगायत प्रक्रिया पूरा गरिए पनि पछिल्लो राजनीतिक तथा प्रशासनिक परिस्थितिका कारण खरीद प्रक्रिया रोकिएको महानगरपालिका स्रोतले जनाएको छ।

नगरप्रमुख राजेशमान सिंह निलम्बनमा रहेका छन् भने उपप्रमुख इम्तियाज आलमले कार्यकालको अन्तिम चरणमा महँगो नयाँ गाडी खरीद गरी प्रयोग गर्नु उपयुक्त नहुने भन्दै आफूले प्रयोग नगर्ने बताएपछि उपप्रमुखका लागि बुकिङ गरिएको गाडीको प्रक्रिया अघि नबढाइएको स्रोतको भनाइ छ। उक्त गाडीको मूल्य करिब एक करोड ३० लाख रुपैयाँ रहेको बताइएको छ।

यस्तै, नगरबस सञ्चालनका लागि प्रस्तावित चारवटा विद्युतीय बसको खरीद प्रक्रिया पनि रद्द गरिएको छ। बस सञ्चालनका लागि आवश्यक जनशक्ति, व्यवस्थापन र जिम्मेवारीको स्पष्ट संरचना तयार नभएको तथा सञ्चालनमा व्यावहारिक समस्या देखिएकाले तत्काल खरीद गर्नु उपयुक्त नदेखिएको कर्मचारी स्रोतले जनाएको छ।

महानगरपालिकाले भविष्यमा आवश्यकता, जनप्रतिनिधिको अवस्था र नगरबस सञ्चालनको स्पष्ट कार्ययोजनाका आधारमा विद्युतीय सवारीसाधन खरीदबारे पुनः निर्णय गर्न सक्ने जनाएको छ।

साभार // प्रतीक दैनिक

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3