Menu

आजको मौसम

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Author
News Feed |
September 23, 2026
Featured

पर्सा , असोज ७ –

मौसम विज्ञान विभागले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्नेछ। कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा अवरोध हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। पानी परिरहेका बेला र रातको समयमा राजमार्गमा यात्रा नगर्न तथा नदी–खोलानजिक र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

हिमाली तथा ट्रेकिङ क्षेत्रमा जानेले मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न र सम्बन्धित निकायबाट जारी हुने मौसम तथा विपद्सम्बन्धी सूचना नियमित रूपमा हेर्न विभागले आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3