Menu

आजको मौसम

महावीर एग्रो र स्विट मार्टमा अनुगमन, अढाई लाख जरिवाना

Author
News Feed |
September 28, 2026
Featured

वीरगंज, १२ असोज । उपभोक्ता हित संरक्षण मञ्चको लिखित उजुरीका आधारमा गरिएको अनुगमनका क्रममा मापदण्ड, कागजात तथा सरसफाइसम्बन्धी कमजोरी देखिएपछि दुई उद्योगलाई २ लाख ५० हजार रुपियाँ जरिवाना गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले वीरगंजस्थित महावीर एग्रो प्रोडक्ट प्रालिमा अनुगमन गर्ने क्रममा आवश्यक कागजात तथा व्यवस्थापनसम्बन्धी विषयमा कमजोरी देखिएपछि अढाई लाख जरिवाना गरिएको हो ।

वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित स्विट मार्ट फुड प्रालिमा गरिएको अनुगमनका क्रममा उत्पादन स्थलको सरसफाइ तथा फोहोर व्यवस्थापन सन्तोषजनक नभएको पाइएको थियो। अनुगमन टोलीले उत्पादन स्थलमा आवश्यक सरसफाइ कायम गर्न निर्देशन दिँदै उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम २ लाख रुपियाँँ जरिवाना गरेको जनाएको छ।

स्विट मार्ट फुड प्रालिलाई उत्पादन स्थल तथा आसपासको क्षेत्रको सरसफाइमा सुधार गरी १० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नसमेत निर्देशन दिइएको छ।

उपभोक्ता हित संरक्षण मञ्चका अजय अधिकारीले महावीर एग्रो प्रोडक्ट प्रालिको उत्पादनमा उपभोक्तालाई झुक्यानमा पार्ने किसिमको भ्रामक विज्ञापन गरिएको भन्दै मञ्चले लिखित उजुरी दिएको बताएका छन। उनका अनुसार उपभोक्तालाई भ्रममा पार्ने गरी विज्ञापन तथा उत्पादन र बिक्री वितरण गरिएको विषयमा केवल सामान्य जरिवाना गरेर उन्मुक्ति दिन नहुने मञ्चको धारणा छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा भएको अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजु कार्की, रामप्रसाद लम्साल, आनुतोष कुशवाहा, श्रवणकुमार साह, उपभोक्ता हित संरक्षण मञ्चका प्रकाशकुमार शाह, सञ्चारकर्मी अभिलाष गुप्तालगायतको सहभागीता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3