Menu

आजको मौसम

खाद्य विभागका अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Author
News Feed |
September 29, 2026
Featured

पर्सा , असोज १३ –

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

चीनतर्फको सीमा क्षेत्रमा रोकिएका सामान आयातका लागि अनुमति तथा विभागबाट हुने विभिन्न सेवा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम मागेर लिएको आरोपमा उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

अख्तियारका अनुसार अधिकारीले बसन्त कुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठसँगको मिलेमतोमा कम्पनी, उद्योग तथा भन्सार एजेन्टसँग सम्बन्धित व्यक्तिबाट खाद्य आयात अनुमति लगायतका काममा सहजीकरण गरिदिने भन्दै घुस रकम लिने गरेको अनुसन्धानबाट खुलेको छ।

आयोगका अनुसार विभिन्न बैंक खातामा गरी अधिकारीको नाममा १ लाख ३९ हजार रुपैयाँ, बसन्त कुमार बस्याल क्षेत्रीको खातामा ८ लाख ९४ हजार ५०० रुपैयाँ, रश्मिता श्रेष्ठको खातामा १४ लाख ९३ हजार ३७५ रुपैयाँ र सुरेश चौधरीको खातामा २ लाख ६९ हजार रुपैयाँ जम्मा भएको भेटिएको छ।

यी रकम जोड्दा २८ लाख २० हजार ३७५ रुपैयाँ बराबरको घुस कारोबार भएको अख्तियारको दाबी छ। आयोगले अधिकारीलाई उक्त रकम बिगो कायम गरी जरिवाना तथा कैद सजायको माग गरेको छ।

त्यस्तै, बस्याल क्षेत्री, चौधरी र श्रेष्ठविरुद्ध क्रमशः ८ लाख ९४ हजार ५००, २ लाख ६९ हजार र १४ लाख ९३ हजार ३७५ रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3