Menu

आजको मौसम

उद्योगमन्त्रीमा दीपककुमार साहको नाम सिफारिस

Author
News Feed |
September 10, 2026
Featured

पर्सा , भदौ २५ –

प्रधानमन्त्री बालेन्द्र शाहले रिक्त रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पदमा सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपककुमार साहको नाम सिफारिस गरेका छन्।

निवर्तमान उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएपछि रिक्त मन्त्रालयको जिम्मेवारी साहलाई दिने निर्णय प्रधानमन्त्रीले गरेका हुन्। यादवको राजीनामा स्वीकृत भएसँगै नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अघि बढाइएको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार साहलाई मन्त्री नियुक्त गर्न गरिएको सिफारिस पत्र राष्ट्रपति कार्यालय पठाइसकिएको छ। उनलाई बिहीबार साँझ ६ बजे शपथ गराउने तयारी रहेको स्रोतले जनाएको छ।

साह पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3