Menu

आजको मौसम

सिमरामा बालिका बलात्कारपछि हत्या प्रकरणका १० प्रतिवादी रिहा

Author
News Feed |
September 11, 2026
Featured

बारा , भदौ २६ –

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रतिवादी बनाइएका जीतपुरसिमरा उपमहानगरपालिका–१ का प्रोग्रेश (पुरग्रेश) चौधरीसहित १० जना रिहा भएका छन् ।

बारा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले प्रोग्रेशलाई २० हजार रुपैयाँ धरौटीमा र अन्य नौ जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो । अदालतले घटनामा उनीहरूको संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको जनाएको छ ।

रिहा हुनेमा प्रोग्रेशका बुबा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममता, सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिन छन् । बालिकाका बुबा मनोज चौधरीको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।

यसअघि अदालतले घटनामा प्रतिवादी बनाइएका दुई नाबालकलाई मुद्दाको पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश दिएको थियो । तीमध्ये एक नाबालकले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीको दाबी छ भने अर्का नाबालकले संलग्नता अस्वीकार गरेका छन् ।

अनुसन्धानका क्रममा नाबालकले चिकित्सकसँग कुरा गरिरहेको भिडियो बाहिरिएपछि प्रहरीले भिडियो सार्वजनिक गर्ने प्रहरी हवल्दार कुमार विकविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन र विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही अघि बढाएको छ ।

जीतपुरसिमरा–१ की तीन वर्षीया बालिकाको शव भदौ २ गते घरबाट करिब एक सय मिटर दक्षिणतर्फको खाली घरमा फेला परेको थियो ।

साउन ३१ गतेदेखि हराएकी बालिकाको बलात्कारपछि हत्या भएको भन्दै घटनाविरुद्ध देशभर प्रदर्शन भएको थियो । भदौ ६ गते सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएपछि भदौ ७ गते बालिकाको कलैयास्थित पसाहा खोलामा अन्त्येष्टि गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3