Menu

आजको मौसम

इजरायल पठाउने भन्दै ठगी आरोपमा चौलागाईं र सिवाकोटी पक्राउ

Author
News Feed |
September 23, 2026
Featured

पर्सा , असोज ७ –

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम र पद दुरुपयोग गरी इजरायलमा केयरगिभरका रूपमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भरत चौलागाईं र बालिका सिवाकोटी सीआईबीको हिरासतमा छन्।

सीआईबीका अनुसार सन् २०२४ मा इजरायलका लागि लिइएको परीक्षामा सहभागी भएर ‘लक्की ड्र’मा छनोट हुन नसकेका १५६ जनालाई इजरायल पठाइदिने भन्दै उनीहरूले प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम उठाएका थिए। प्रारम्भिक अनुसन्धानमा २ करोड ५० लाख रुपैयाँ असुल गरिएको खुलेको छ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार सिवाकोटीले आफूले उठाएको रकममध्ये डेढ करोड रुपैयाँ चौलागाईंलाई दिएको बयान दिएकी छन्। चौलागाईंले भने रकम लिएको अस्वीकार गर्दै जग्गाको कारोबारका क्रममा सिवाकोटीसँग ऋण लिएको बताएका छन्।

उनीहरूले कुमार बेनमार्फत मन्त्रिपरिषद्बाट निर्णय गराएर इजरायल पठाइदिने भन्दै पीडितलाई विश्वासमा पारेको आरोप छ। घटनाबारे थप अनुसन्धानका लागि दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट दोस्रो पटक ७ दिनको म्याद थप गरिएको सीआईबीले जनाएको छ। अनुसन्धान भने जारी रहेको सूचना अधिकारी एसएसपी अनुपमशमशेर जबराले बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3