Menu

आजको मौसम

८१ वर्षीय तिवारीवालको मृत्योपरान्त आँखा (कर्निया) दान

Author
News Feed |
September 25, 2026
Featured

वीरगञ्ज: वीरगञ्ज निवासी ८१ वर्षीय स्व. सावर प्रसाद तिवारीवालको निधनपश्चात उहाँको अमर इच्छा बमोजिम आँखा (कर्निया) दान गरिएको छ। उहाँको आज मध्यरातमा निधन भएको थियो।

आर. एम. केडिया आँखा अस्पताल तथा तेरापन्थ युवक परिषद, वीरगञ्जको प्राविधिक एवं सामाजिक सहकार्यमा यो अनुकरणीय कार्य सम्पन्न गरिएको हो। यस पवित्र तथा मानवीय कार्यलाई सफल बनाउन आर. एम. केडिया आँखा अस्पतालका अप्थाल्मिक अधिकृत हरि कान्त साह र अप्थाल्मिक सहायक अनु सराफको प्राविधिक टोलीले मुख्य योगदान पुर्‍याएको थियो।

८१ वर्षको उमेरमा पनि मृत्युपश्चात दृष्टिहीनहरूलाई संसार देखाउने उद्देश्यले गरिएको यो अतुलनीय तथा महान् कार्यप्रति विभिन्न संघसंस्था तथा व्यक्तिहरूले गहिरो श्रद्धाञ्जली अर्पण गरेका छन्। स्व. तिवारीवालको यो निस्वार्थ योगदानलाई उच्च सम्मानका साथ सलाम गर्दै, यो पुनित कार्य सम्पन्न गर्न खटिनुभएका सम्पूर्ण प्राविधिक टोली तथा सहयोगी संस्थाहरूप्रति हार्दिक आभार प्रकट गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3