वीरगंज , भदौ २९ –
भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि वीरगंजको गहवामाई तीर्थ विकास क्षेत्र समितिले २ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ ।
समितिका अध्यक्ष श्याम पोखरेलले सोमबार उक्त रकमको चेक प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी पर्सा–२ का सांसद सुशील साह कानुलाई हस्तान्तरण गरेका छन् । पोखरेलले विपद्मा परेका परिवारलाई सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराइएको बताएका छन् ।
चेक बुझ्दै सांसद कानुले बाढीपीडितका लागि सहयोग गरेकोमा समितिलाई धन्यवाद दिँदै विपद्का समयमा प्रभावित परिवारलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।
साभार:
घण्टाघर टिभी