वीरगंज , भदौ ३० –
पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको नौ उपसचिव र ५२ अधिकृतको सरुवा सूचीमा दुवै जिल्लाका प्रमुख प्रशासकीय अधिकृत परेका छन् ।
सरुवाअनुसार सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार यादव धोबिनी गाउँपालिकामा पुगेका छन् भने उनको स्थानमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका रामबाबु कुशवाहा आएका छन् । चक्रघट्टामा पर्साको जिल्ला प्रशासन कार्यालयमा कार्यरत शाखा अधिकृत विनय गुप्तालाई पठाइएको छ ।
धोबिनीका कृष्ण खतिवडा जिराभवानी, जिराभवानीका अमित कुमार गिरी गृह मन्त्रालय, पटेर्वा सुगौलीका प्राण मेहता गृह मन्त्रालय र पकहाँ मैनपुरका देवनाथ साह पनि गृह मन्त्रालयअन्तर्गत सरुवा भएका छन् । पटेर्वा सुगौलीमा रौतहटको ईशनाथका महमद नवाज हुसैन तथा पकहाँ मैनपुरमा जिल्ला समन्वय समिति पर्साका सुमित कुमार सिंहलाई पठाइएको छ ।
जगरनाथपुरका सन्देश कुमार यादव बाराको विश्रामपुर र विश्रामपुरका सुनिल प्रसाद केशरी जगरनाथपुरमा सरुवा भएका छन् । छिपहरमाईका संजीव कुमार साह सर्लाहीको पर्सा गाउँपालिकामा पुगेका छन् भने उनको स्थानमा सर्वजित कुमार झालाई पठाइएको छ ।
बारामा परवानीपुरका मुन्ना कुमार रौनियार फेटा, फेटाका राकेश ओझा सिरहाको नवराजपुर, प्रसौनीका नवीन कुमार श्रीवास्तव गृह मन्त्रालय र करैयामाईका नागेन्द्र यादव भूमि व्यवस्था तथा अभिलेख विभाग काठमाडौं सरुवा भएका छन् ।
परवानीपुरमा कृष्णनन्दन राय, फेटामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तथा प्रसौनीमा पवन कुमार केशरीलाई पठाइएको छ भने करैयामाईमा रमेश अधिकारीलाई जिम्मेवारी दिइएको छ । देवताल गाउँपालिकामा रौतहटको बौद्धिमाई नगरपालिकाका उदयशंकर चौधरीलाई पठाइएको छ ।