Menu

आजको मौसम

दुई कराेडकाे अफिमसहित सिमराबाट २ जना पक्राउ

Author
Crime News |
February 11, 2025
Featured

बारा,२९माघ:बाराकाे ईलाका प्रहरी कार्यालय सिमराले मंगलबार बिहान दुईजना अफिम कारोबारीलाई १३ केजी अफिम सहित पक्राउ गरेको छ ।

स्कुटरमा अफिम लिएर वीरगन्जतर्फ आउँदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरअंक्षक दिपक बस्नेतको कमाण्डमा रहेको मोबाइल टोलीले सूर्य नेपाल अगाडीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरकाे कैलाश गाउँपालिका ८ का भिमबहादुर मोक्तान र मनहरी गाउँपालिका ६ का सुर्यबहादुर मोक्तान रहेका छन् । उनीहरुको साथबाट प्रहरीले १ लाख ३३ हजार नगद समेत बरामद गरेको ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक शुभद्रा लामाले जानकारी दिइन्।

मधेश प्रदेश ०३–००१प–१६१४ नम्बरको स्कुटरमा वीरगन्जतर्फ आउँदै गरेका उनीहरुका विषयमा प्रहरीले पहिल्यै सूचना पाएपछि ईलाका प्रहरी कार्यालय सिमरा सहित जीतपुर र पथलैयाको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्न घेरा हालिसकेको थियो । प्रहरीलाई देखेपछि स्कुटर छाडेर भागीसकेका उनीहरुलाई सिमराको मोबाइल गस्ती टोलीका प्रहरी नायब नीरिक्षक दिपक बस्नेतको टोलीले सूर्य नेपाल अगाडीबाट पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

बरामद भएको अफिमको अन्तर्राष्ट्रिय बजार मूल्य दुई करोड भन्दा बढि रहेको छ । भारत तर्फ लैजान लागिएको अफिम सहित पक्राउ परेका दुबैलाई ईलाका प्रहरी कार्यालय सिमराले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

The post दुई कराेडकाे अफिमसहित सिमराबाट २ जना पक्राउ appeared first on Madhes Khabar.


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3