Menu

आजको मौसम

मधेशमा नयाँ सरकार गठन अन्योलमा, मुख्यमन्त्रीको दाबी पेस गर्ने समयसीमा सकियो

Author
News Feed |
November 21, 2026
Featured

पर्सा , मङ्सिर ५ –

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच सहमति जुट्न नसक्दा राजनीतिक अन्योल बढेको छ। संविधानको धारा १६८ को उपधारा (२) अनुसार बहुमतको सरकार गठन गर्न प्रदेश प्रमुखले दिएको समयसीमा हिजो दिउँसो ४ बजे सकिए पनि कुनै दलले मुख्यमन्त्रीमा दाबी पेस गर्न सकेनन्।

समयसीमा सकिएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपा नेपालले संविधानको धारा १६८ को उपधारा (३) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन माग गरेको छ। यता कांग्रेस, एमाले र नेकपाले भने दाबी पेस गर्ने समय थप गर्न प्रदेश प्रमुखसँग आग्रह गरेका छन्।

अब प्रदेश प्रमुखले थप समय दिने वा सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने भन्ने निर्णयले नयाँ सरकार गठनको बाटो तय गर्नेछ।

यसअघि कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिएका एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिनुभएको थियो। प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन।

१०७ सदस्यीय मधेश प्रदेशसभामा जसपा नेपालका २८, एमालेका २४, कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ सांसद छन्। यस्तै, नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद रहेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3